आर्थिक

महालक्ष्मी विकास बैंकको कोरोना कोषमा लागि ५० लाख सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल विश्व मामहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथाउपचारका लागिजम्मा ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैकले संघीय सरकारलाई १२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु.४ लाखका दरले २८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा १० लाख सहयोग गर्ने भएको हो।

बैंकले प्रदानगर्ने उक्त सहयोग केन्दी«य सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वयगरि वितरण गरिने बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्नमद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनिबचाउन अनुरोध गरेको छ ।