प्रवास

अमेरिकामा एक करोड वढीले भरे वेरोजगारी फर्म, अधिकांस नेपाली मारमा

काठमाडौं । चीनको उहान सहरबाट फैलिएको प्राणघातक भाईरस कोरोनाले यतिबेला विश्वलाई नै आक्रात्न पारेको छ । कोरोनाले विश्वका अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, कोरिया लगाएत ठुला शक्तिसाली राष्ट नराम्रो संग प्रभाव परेको छ ।

जहाँ लाखौंको संख्यामा मानिसहरु संक्रमीत छन् भने हजारौंले मृत्यु वरण गरिसकेका छन् । विश्वभरी ८८ हजार बढीको ज्यान लिएको भाईरस कोरोनाबाट १५ लाखवढी संक्रमीत छन् ।  कोरोनाका कारण सबै ठप्प हुँदा विभिन्न मुुकको अर्थतन्त्र नराम्रो संग प्रभावीत भएको छ । यसैबिच अमेरिका पनि कोरोनाको चपेटामा परेको छ ।

अमेकिमा आज सम्म १५ हजार वढीको मृत्यु भईसकेको छ । अ‍ेमेरीकामा सबै उद्योग, व्यवसाय ठप्प छन् । कोरोना संक्रमण रोकथाम गर्नका लागि यतिबेला उद्याोग, कलकारखाना सबै ठप्पछन् जसले मुलुकको अर्थतन्त्रलाई असर पारेको छ । भने अमेरिकारमा करोडौंको संख्यामा नागरिकहरु व्यरोजगारी भएका छन् ।

कोरोना संकटका कारण रोजगारी गुमाएपछि अमेरिकामा १ करोड अमेरिकि नागरीकले बेरोजगारी भत्ता भरेका छन् । यसबाट पनि अमेरिकाको अर्थतन्त्रमा नराम्रोसंग असर परेको देखिएको छ । यो संकटमा अमेरिकि नागरिक मात्रै होईन नेपालीहरु पनि संकटमा परेका छन् ।

कोरोनाले ठप्पभएका कम्पनिहबाट निकालिँदा कति नेपालीहरुको बेजोग भएको छ । रोजगारि गुमाएका नेपालीलाई खान र बस्नै मुस्किल परेको छ ।

यस्तै नेपालीहरुलाई आर्थिक रुपमा राहत दिने उद्येश्यले न्युयोर्कस्थित नेपाली व्यवस्थापनमा सञ्चालीत एभरेष्ट फेडरल क्रेडिट युयिनले नेपाली समुदायलाई सहयोग पुगोस भनेर २ हजार डलर निब्र्याज क्रण दिईरहेको छ ।

उता अमेरिकि केन्द्रिय सरकारले भने कोरोना भाईरसका कारण रोजगारी गुमाएका र स्रोजगारी गर्नेहरुलाई भनी ४ महिनाको लागी हप्ताको ६०० डलर राहत प्याकेज ल्याएको मात्रै छैन राज्य सरकारबाट पनि उनिहरुले बेरोजगारी भत्ता पाउँदछन् ।