प्रवास

बहराईनमा नयाँ थप १० जनामा कोरोना पुष्टि भएसंगै संक्रमीतहुने नेपालीको संख्या २२

काठमाडौं । बाहिय मुलुकमा कोरोनाका कारण नेपालीहरुको मृत्यु संगै संक्रमण हुनेको संख्या पनि बढ्दै गएको छ । रोजगारीको सिलशिलामा अन्यमुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् भने कयौं संक्रमीत भएका छन् ।

यस्तै उता बहराईनमा थप १० जना नेपालीका कोरोना संक्रमण देखिएको छ । मनामास्थित नेपाली राजदुतावासका अनुसार बुधबार थप १० जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमीत हुने नेपालीहरुको संख्या २२ पुगेको छ ।

केही समय अगागि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । सोही क्रममा थप १० जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ । दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको छ ।

बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसैबीच बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय दिएको दूतावासले जनाएको छ ।

विश्वका विभिन्न देशहरु जस्तै, अमेरिका, केलायत, भारत, लगाएतका देशहरुमा कोरोनाको संग्रमणले माहामारीको रुप लिदै गएपछि त्यहाँस्थीत नेपाली त्रसित बनेका छन् ।

दुतावासले निकालेको विज्ञप्तिः