लुम्बिनी

दंगिशरणमा राहात दिनेमा महिला सामुदायिक पहिलो

चैत्र २६ दाङ । दांगिशरण गाउँपालिकामा राहात प्रदान गर्नेमा मिहला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेड नै पहिलो संस्था भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउन वाट परेको शंकट मोचन गर्नका लागि महिला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेडले सबै भन्दा पहिला राहात प्रदान गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालकाको समन्वयमा ४२ हजारको १० क्विइन्टल चामल संस्थाका सञ्चार अधिकृत देविराम कुसारीले गाउँपालिकाका जिन्सि व्यवस्थापक मस्तविर चौधरीलाई राहात प्रदान गरेका हुन् ।

गाउँपालकामा अहिले सम्म कुनै पनि संस्थाले राहात प्रदान नगरेको गाउँपालिकाले जानकारी दिएको छ । अहिलेको अवस्थामा महिला सामुदायिकको यो राहातले गाउँपालिकालाई ठुलो सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले वताए । अहिले विपन्नको छनोट भैरहेको वताउदै सबैको तथ्यांक संकलन र खाद्य सामाग्री जम्मा भएपछि एक द्वार प्रणालि वाट राहात वितरण गरिने अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।

त्यसैगरी संस्थाले तुलसीपुर उम(महानगरपालिकालाई पनि राहात प्रदान गरेको छ । संस्थाका बरिष्ठ प्रवन्धक लोकमणी रेग्मी, वजार व्यवस्थापक कमलाकान्त दाहाल र सञ्चार अधिकृत देविराम कुसारीले ६३ हजारको १५ क्विइन्टल चामल नगरपालिकाका प्रमुख धनश्याम पाण्डेलाई राहात प्रदान गरेका हुन् ।

राहातले स्थानिय जनताको समस्या सामाधानमा सहयोग पुग्ने वताउदै प्रमुख पाण्डेले यतिवेला देखिएको मनो सामाजिक समस्याका वारेमा पनि समन्वयकारी भुकिका खेल्दिन वरिष्ठ प्रवन्धक रेग्मिसंग आग्रह गरेका थिए ।

मनो सामाजिक समस्या समाधानका वारेमा संस्थासंग चालिम प्राप्त मनो विमर्षकर्ता पनि भएको वताउदै सकारात्मक सहयोग गर्न तयार रहेको बताएका थिए ।