पु.समाचार

कोरोनाका कारण अमेरिकामा फेरी एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । एस अघि मृत्यु भएका भनिएका ङिमा तेम्बा शेर्पाकोको आज बिहान ५ः१८ मा मृत्यु भएको हो ।

यस अघि उनका परिवारले मृत्यु भएको भन्ने जानकारी दिएपछि शेर्पाको मृत्यु भन्ने समाचारहरु आएका थिए पछि उनका दाजु ल्हाक्पा युला शेर्पाले आफ्नो भाई जिवित रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

ङिमा शेर्पाको स्थानीय समयअनुसार आज बिहान बिहान ५ः१८ मा क्वीन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको हो । शेर्पा किदुगका आजीवन सदस्य समेत रहेका थिए ।

किदुगका अध्यक्ष उर्गेन शेर्पाले इनेप्लिजलाई दिएको जानकारीका अनुसार दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको मुटुको चाल बन्द नभएको र आज बिहान अस्पतालले मृत घोषणा गरेको थियो ।

स्वर्गीय शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचारारत थिए । साथै भाई ङिमा शेर्पाको मृत्यु भएको जानकारी दाजु ल्हाक्पा युला शेर्पाले फेसबुममा दिएका छन् ।