आर्थिक

२७ गतेबाट पुरा सिलिण्डर पाइने, नसकिईकन पुरा लिए कारबाही

काठमाडौं । नेपाल आयल निगमले अबदेखी पुरा सिलिण्डर अथवा १४.२ केजी ग्याँसमात्र बिक्री बितरण गर्न डिलर छतथा उद्योगहरुलाई निर्देशन गरेको छ । निगमले २७ गतेदेखी पुरा सिलिण्डर बिक्री बितरण गर्न आग्रह गर्दै आधा सिलिण्डर खरिद गरेका ग्राहकहरुलाई भने नसकिईकन बिक्री नगर्न भनेको छ ।

साथै निगमले डिलरहरुमा आधा सिलिण्डर नसकिईकन पुरा सिलिण्डर नपाईने समेत बताएको छ । डिलरहरुसँग आधा सिलिण्डरसकिएको आधारसहित गएपछिमात्र पुरा सिलिण्डर पाईने जनाउँदै नियम मिचेमा आनून बमोजिम कारबाही हुने जनाएको छ । आयल निगमले उपभोक्राहरुले निगमको अप्ठ्यारो परिस्थितिमा आधा सिलिण्डर अथवा ७.१ केजी खरिद गर्न सहयोग गरेकोमा उपभोक्ताहरुलाई धन्यबाद समेत दिएको छ । निगमले ५ बुंदे निर्णय गरेको प्रवक्ता बिनितमणी उपाध्यायले बताएका छन् ।