आर्थिक

एन आई सी एशियाको World Remit र Orbit Remit अनलाईनबाट

काठमाडौं । World Remit र Orbit Remit मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एन आई सी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् ।

विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा एन आई सी एशिया बैंकले World Remit र Orbit Remit सँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको छ ।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एन आई सी एशिया बैंकले विदेशमा रहनुभएका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो । जसबाट ग्राहकहरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्नेछन् ।

यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्नेछन् । यसले गर्दा विदेशमा रहेका नेपाली नागरिकहरूलाई लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ ।