पु.समाचार

पत्रकारलाई निर्बाध काम गर्न देऊः महासचिव बिष्ट

काठमाडौं । नेपाल पत्रकार महासङ्घले खोटाङ शाखाका सचिव उत्तम चौलागाईँलाई प्रकाशित समाचारका विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले धम्की दिएको घटनामा दुःख व्यक्त गरेको छ ।

महासङ्घ खोटाङका अनुसार यही चैत २३ गते ‘प्रभावन्यूज डटकम’मा समाचार प्रकाशन भएपछि नेता श्रेष्ठले पत्रकार चौलागाईँलाई धम्क्याएका थिए ।
महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्तिमार्फत प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसमाथि कानूनी उपचार खोज्ने वैधानिक विधि र पद्धतिलाई बेवास्ता गरेर प्रमुख दलका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई धम्क्याउनु दुःखद् भएको टिप्पणी गर्दै सो घटनाको भत्र्सना गरेका छन् ।
पत्रकारलाई स्वतन्त्र एवं निर्बाधरुपमा काम गर्ने वातावरण निर्माण गर्न र तिनको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गर्दै महासचिव विष्टले कोरोना भाइरसको उच्च सङ्क्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहज ढङ्गबाट सूचना उपलब्ध गराउन र सघाउन सबैलाई आग्रह गरेका छन् । ।