पु.समाचार

राजधानीमा बस्दै आएका कर्णालीबासीलाई सहमहामन्त्री महतले गरे खाद्यान्न सहयोग

चैत्र २६, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले काठमाडौंमा बस्दै आएका कर्णालीबासीलाई खाद्य सामाग्री र माक्स बितरन गरेका छन्।

उनले काठमाडौंमा कोठा भाडामा बस्दै आएका कर्णालीबासीलाई खाद्यवस्तुको अभाव भएपछि १५ बोरा चामल र एक हजार थान मास्क उपलब्ध गराएको उनका सहयोगी अनुराग शाहले जानकारी दिए।

सरकारले खाद्यबस्तु अभाव भएकाहरुलाई खाद्यबस्तु उपलब्ध गराउने भनेर राहत प्याकेज ल्याए पनि राजधानीमा बसिरहेका कर्णालीबासीले अहिलेसम्म राहत नपाएपछि कांग्रेस सहमहामन्त्री महत आफैंले राहत उपलब्ध गराएको उनका सहयोगी शाहले जानकारी दिए । मुगु जिल्लाका कांग्रेस सभापति खड्गबहादुर शाहिको उपस्थितिमा खाद्यन्न बितरण गरिएको हो ।