पु.समाचार

धनराजको प्रस्तावः काँग्रेसीले गणेशमानको तस्विर टाँस्नुभन्दा भ्रष्टाचारको बिरोध गरौं

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भ्रष्टाचारको दलदलमा देश डुबिरहँदा गणेशमानको फोटो टाँस्दैमा कांग्रेस उँभो नलाग्ने बताएका छन् । नेता गुरुङले हामी काँग्रेसीहरु गणेशमानका साँच्चिकै अनुयायी हौं भने भ्रष्ट प्रबृत्तिको कडा बिरोधमा उत्रौं भन्दै काँग्रेस नेता कार्यकर्ताहरुलाई प्रस्ताव पनि गरेका छन् । गणेशमानलाई सम्झानु राम्रो भएपनि उनको पथमा नहिँडेमा सम्झिको अर्थ नहुने नेता गुरुङको तर्क छ ।

२०४६ सालको जनआन्दोलनका कमाण्डर श्रदेय गणेशमानलाई आज विशेष गरि कांग्रेसजनले सम्झेको पाइयो। गणेशमानलाई सम्झनु राम्रो। तर हामी गणेशमानका साँच्चिकै अनुयायी हौं भने भ्रष्ट प्रबृत्तिको कडा बिरोधमा उत्रौं। भ्रष्टाचारको दलदलमा देश डुबिरहँदा गणेशमानको फोटो टाँस्दैमा कांग्रेस उँभो लाग्दैन।