बाग्मती

नेपाली कांग्रेस ताराकेश्वर ८ ले बाढ्यो स्वास्थ्य सामग्री

चैत्र २६, काठमाडौं । नेपाली कांग्रेस ताराकेश्वरको वडा नम्बर आठ इकाई आज स्वास्थ्य सामाग्री बितरण र फिनेल बितरण गरेको छ। नेपाली कांग्रेस ताराकेश्वर वडा नम्बर आठका इकाइ सभापती श्याम कृष्ण सापकोटा र नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकारको अधिकारीको नेतृत्वमा ताराकेश्वर फोहोर ब्यबस्थापन समितिलाई फिनेल, मास्क, पन्जा ह्याण्ड वास र ताराकेश्वर स्वास्थ्य चौकीलाई पिपि ई बितरण गरेका छन्।

आवश्यकता अनुसार अरु स्वास्थ्य सामाग्री पनि बितरन गर्ने बितरण कर्ता नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारीले जानकारी दिए।