बाग्मती

प्रधानमन्त्री ओली डोनाल्ड ट्रम्प बन्न खोजेः सभापति केसी

काठमाडौं । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापती जगदीश्वर नरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको संबोधनलाई लिएर टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सभापती केसीले प्रधानमन्त्री ओलीको संबोधनमा देश, जनता, र महामारीलाई परास्त गर्न मैदानमा खटिरहेका योध्दाहरूलाई आश्वस्त पार्ने कुनै विषय बस्तु नआएको बताए ।

भारतमा जस्तै सांसद र मन्त्रीहरूका तलव र सुविधामा निश्चित प्रतिशत र सांसद विकास कोषको रकम पूरै काटेर वृहत कोरोना नियन्त्रण कोष निर्माण गरी परीक्षण र उपचारको दायरा बढाउने घोषणा गर्लान्, भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउलान्, महामारीले सिर्जना गर्ने आर्थिक क्षतिको क्षतिपूर्तिका लागि कार्यक्रम बनाउने प्रतिबद्धता जनाउलान् र विदेशमा रहेका नागरिकहरूलाई संरक्षण गर्ने नीति र कार्यक्रम सार्वजनिक गर्लान् भन्ने आशा भएपनि त्यो नभएको सभापती केसीले बताए ।

उनको फेसबुक स्टाटस्ः कोरोना महामारी चम्किरहँदा प्रधानमन्त्रीले १८ दिनपछि बल्ल अनुहार देखाए । उनको सम्बोधनमा देशलाई, जनतालाई र महामारीलाई परास्त गर्न मैदानमा खटिरहेका योध्दाहरूलाई आश्वस्त पार्ने कुनै कुनै विषयबस्तु आएनन् । आशा थियो, भारतमा जस्तै सांसद र मन्त्रीहरूका तलव र सुविधामा निश्चित प्रतिशत र सांसद विकास कोषको रकम पूरै काटेर वृहत कोरोना नियन्त्रण कोष निर्माण गरी परीक्षण र उपचारको दायरा बढाउने घोषणा गर्लान्, भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउलान्, महामारीले सिर्जना गर्ने आर्थिक क्षतिको क्षतिपूर्तिका लागि कार्यक्रम बनाउने प्रतिबद्धता जनाउलान् र विदेशमा रहेका नागरिकहरूलाई संरक्षण गर्ने नीति र कार्यक्रम सार्वजनिक गर्लान् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पढेकै तथ्याङ्क पढे । आफूलाई डोनाल्ड ट्रम्पजस्तै देखाउन होला आगामी दुई साता चुनौतीपूर्ण रहेको घोषणा गरे र गए । कार्यक्रम योजनाको त कुरै छाडौं, सनातनको झैँ सपना र उखान समेत नभएको सम्बोधन कर्मकाण्डी मात्र हुँदा यसले देशमा थप निराशा र अन्योल मात्र सिर्जना गरेको छैन प्रधानमन्त्रीलाई भ्रष्टाचार र अकर्मण्यताको संरक्षकको रूपमा प्रमाणित गरेको छ । कोरोना सत्ताको तर मारेर नअघाएकाहरूलाई वाइडबडी, मेलम्ची एनसेलको करछुट, स्क्युरेटी प्रेस खरिदजस्ता काण्डका कमिसनले नभरिएको कमरेडहरूको समाजवादी पेट भर्ने अवसर बनेको पुष्टि भएको छ ।