पु.समाचार

आजको दिन प्रजातन्त्र पुनःस्थापनाको दिन हो महत्वका साथ हेरौंः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आज चैत्र २६ गते २०४६ सालमा सर्बमान्य नेता गणेशमान सिंहको नेतृत्वमा नेपालमा ०१७ सालमा महेन्द्रले अपहरण गरेको प्रजातन्त्रको पुनस्थापना भएको भन्दै सम्झिएका छन् । नेता सिंहले जनआन्दोलनमार्फत आएको प्रजातन्त्रको कमाण्डर गणेमान सिंह भएके भन्दै आजको दिनलाई बिशेष दिनको रुपमा लिनुपर्ने बताएका छन् ।

नेता सिंह भन्छन्ः
२०४६ साल चैत्र २६ गते सर्बोच्च कमाण्डर सर्बमान्य नेता गणेशमान सिंहको नेत्त्रित्वमा तानाशाही पन्चायति ब्यवस्थाको अन्त्य भै बहुदलीय ब्यवस्था पुनर्स्थापना भएको दिन नेपाली जनताको जित भएको दिन जनआन्दोलन दिवस चैत्र २६ गते आजको यो विशेष दिन प्रजातन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो ज्यान बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्छु । विशेष दिनको अवसरमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्छु । साथै बिश्वब्यापी महामारीको रुपमा देखिएको कोरना भाईरसबाट सुरक्षित रहन सबैमा हार्दिक अपिल गर्दछु बिपन्न र असायको सहयोगमा जुट्न समेत यस महत्त्वपूर्ण दिनमा अनुरोध गर्दछु । आफू पनि बाचौ अरुलाई पनि बचाउ । जय नेपाल

प्रजातन्त्र पुनःस्थापनापछि वीर गणेसमानसंग सर्बसाधारणले खिचेको तस्वीर