पु.समाचार

नेता गुरुङ ओली बिरुद्ध आक्रोशितः भ्रष्टलाई काखी च्यापेर भ्रष्टाचार बिरुद्ध निर्मम बन्न सकिन्न

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई प्रतिकृया दिँदै तीक कुराहरुमा ध्यानकाकर्षण गराएका छन् । नेता गुरुङले भ्रष्टलाई काखी च्यापेर भ्रष्टाचार बिरुद्व निर्मम बन्न नसकिने ठोकुवा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक शासन ब्यबस्थामा आलोचना सुझाव हो, वेमौसमको बाजा होइन भनेर कटाक्ष समेत गरेका छन् । नेता गुरुङ आक्रोशित हुँदै, ‘सुरक्षा र स्वतन्त्रताले जीवनलाई सार्थक बनाउँछ। दुई मध्ये एक रोज्ने कुरा होइन।’ भन्ने कुरामा जोड दिन्छन् । उनले भ्रष्टाचारीलाई काखी च्यापेर भन्ने कुरा स्वास्थय सामाग्री खरिदमा भएके भ्रष्टाचार, नेकपा महासचिव बिष्णु पौडेलको बालुवाटारको ८ आना जग्गा लगायतमा संकेत भएको देखिन्छ ।

नेता गुरुङको स्टाटस्ः @PM_Nepal ज्युको ध्यानाकर्षण गराउन चाहन्छु। १) सुरक्षा र स्वतन्त्रताले जीवनलाई सार्थक बनाउँछ। दुई मध्ये एक रोज्ने कुरा होइन। २) भ्रष्टलाई काखी च्यापेर भ्रष्टाचार बिरुद्व निर्मम बन्न सकिंदैन। ३) लोकतान्त्रिक शासन ब्यबस्थामा आलोचना सुझाव हो, वेमौसमको बाजा होइन।