राजनीति

नेता केसीको आक्रोसः प्रधानमन्त्रीको संबोधन भ्रष्टाचारी संरक्षणमा केन्द्रित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसींह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको संबोधन भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता केसीले ओलीको संबोधन भविष्यमुखी र भरोषायुक्त नीति र कार्यक्रममा भन्दा अतितमुखि, स्वप्रसंसा र भ्रष्टाचार रक्षामा केन्द्रित देखिएको बताएका छन् ।

साथै उनले जिवन र स्वतन्त्रताको रोजाइको प्रमको प्रश्न निरंकुश प्रवृत्तिको द्वोतक भएको भन्दै यो भर्तसना योग्य रहेको बताए । प्रधानमन्त्री ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनको प्रतिक्रिया दिँदै नेता केसीले पहाड खन्दा मुसो निस्क्यो भनेझै केवल औपचारिकतामा मात्र सीमित भएको बताएका छन् ।

 

उनको ट्वीटः प्रमको संबोधन भविष्यमुखी र भरोषायुक्त नीति र कार्यक्रममा भन्दा अतितमुखि,स्वप्रसंसा र भ्रष्टाचार रक्षामा केन्द्रित देखियो । जीवन र स्वतन्त्रताको रोजाइको प्रमको प्रश्न निरंकुश प्रवृत्तिको द्वोतकहो । यो भर्तसना योग्यछ । पहाड खन्दा मुसो निस्क्यो भनेझै केवल औपचारिकतामा मात्र सीमित भएको छ ।