अन्तर्राष्ट्रिय

दिल्लीमा ३० हजार कोभिड–१९सङ्क्रमितलाई उपचार गर्न सकिनेः केजरीवाल

एजेन्सी । दिल्लीमा कोभिड–१९ सङ्क्रमित ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारी पूरा भएको मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताएका छन् ।

“हामीले ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारीलाई पूरा गरेका छौँ । यसका लागि विभिन्न अस्पतालका आठ हजार शय्या, व्यवस्थित होटेलका १२ हजार कोठा, र व्याङक्वीट हल र धर्मशालामा १० हजार गरी ३० हजार विरामीलाई उपचार सेवा दिने प्रबन्ध मिलाइएको छ,” मुख्यमन्त्री केजरीवालले बताए ।

उनले भने, “राज्य सरकारले गम्भीर प्रकृतिका विरामी जसलाई मुटु, कलेजो, क्यान्सर र मधुमेह र ५० वर्ष माथिका विरामीको उपचार अस्पतालमा नै राखेर गरिनेछ । कोभिड–१९ सङ्क्रमणको सामान्य लक्षण भएका ५० वर्ष मुनिका विरामीलाई सम्पूर्ण स्वास्थ्य सुविधा उपलब्ध रहेका होटेल र धर्मशालामा राखिनेछ ।”

उनले ३० हजार विरामीका लागि आवश्यक पर्ने ४०० भेन्टिलेटर र एक हजार २०० अक्सिजन दिने सुविधा भएका शय्याको आवश्यक पर्ने चिकित्सकको सुझाब अनुसार दिल्लीमा यसको पूर्णतया प्रबन्ध भएको साथै सफाई र स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षामा आवश्यक ड्रेस ९पीपीई० को यथोचित प्रबन्धसमेत गरिएको उनले बताए ।