राजनीति

प्रधानमन्त्रीले सम्बोधनमा जनतालाई जीवन/स्वतन्त्रतामध्ये एक रोज भन्नु आपत्तिजनकः डा भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारको आलोचनालाई वेमौसमी बाजा भन्नु प्रधानमन्त्रीको अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति भएको प्रतिकृया दिएका छन् । संघीय समाजबादी पार्टीका अध्यक्ष डा भट्टराईले संकटको वेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमितरूपमा संवोधन गर्नु राम्रो भएपनि आफ्नो संवोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिं आपत्तिजनक भएको बताएका छन् । डा भट्टराईले आजको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको प्रतिकृयास्वरुप उक्त कुरा बताएका हुन् ।

डा भट्टराईके ट्वीटः संकटको वेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमितरूपमा संवोधन गर्नु राम्रो हो। तर प्रमले आफ्नो संवोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिं आपत्तिजनक छ। लोकतन्त्रमा हामीलाई दुवै चाहिन्छ। त्यसरी नै आलोचनालाई वेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति हो।