पु.समाचार

कोरोना भाइरसको सङ्क्रमण परीक्षण जारी, नयाँ संक्रमित भेटिएका छैनन्ः मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको जनाएको छ । आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ सङ्क्रमित व्यक्ति नभएको र सङ्क्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल एक हजार ७९६ नमूना परीक्षण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका बाहिर नौ स्थानमा नमूना परीक्षणको सेवा शुरु भएको छ । प्रवक्ता डा देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा परीक्षण शुरु गरिएको छ । आज कञ्चनपुरमा २१ र कैलालीमा १८ नमूना सङ्कलन भएको भएको छ । त्यस्तै, जुम्ला र अछाममा स्वाबको नमूना सङ्कलन शुरु भएको छ । स्वाबको ४०० भन्दा बढी नमूना लिने तयारी छ ।

हालसम्म काठमाडौँमा १६, उपत्यका बाहिर ८४ गरी कूल १०० जना आइसोलेसनमा छन् । नेपालभरि नौहजार २२८ जना क्वारेन्टाइनमा छन् । वीरेन्द्र सैनिक अस्पताल संयुक्त मेडिकल टोलीले सशस्त्र बल र नेपाल प्रहरीका अस्पतालका २६ जना स्वास्थ्यकर्मीलाई तालीम दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य दिवसको अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मीले अदम्य साहस र उत्साहका साथ गरिरहेको अमूल्य योग्दानप्रति उच्च सम्मान व्यक्त गरेका छन् । मन्त्री ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपालको स्वास्थ्यस्थिति सुर्धान ९२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयमसेविकाको ठूलो भूमिका रहेको र उनीहरुलाई कोरोना भाइरसविरुद्धको अभियानमा लाग्न आग्रह गर्दै एकहजार ५०० प्रोत्साहनस्वरुप उपलब्ध गराउने सरकारले निर्णय गरेको उल्लेख छ ।

मन्त्री ढकालले विदेशबाट र्फकनुभएका दाजुभाइ दिदीबहिनीले क्वारेन्टाइनमा बसी सहयोग पु¥याउनुभएकोप्रति धन्यवाद दिँदै लकडाउनको विकल्प नभएको हुनाले त्यसको पूर्णरुपमा पालना गर्न आग्रह गरे ।