पु.समाचार

३० बर्षे पञ्चायत हटेको दिन चैत्र २६ मा गरिवलाई दान गर्न नेता जोशीको अपील

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज शोशीले चैत्र २६ गते दीनदुःखीका लागि सहयोग गर्नुपर्ने दिन भएको बताएका छन् । उनले ०४६ साल चैत्र २६ गते नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको दिन भएकाले गरिव, असहाय, मजदुर, बिद्यार्थीलाई सहयोग गर्नुपर्ने बिचार ब्यक्त गरेका हुन् । नेपाली काँग्रेसका संस्थापक नेता वीर गणेशमान सिंहको निस्वार्थ रुपमा गरिएको समाजसेवालाई आत्मासात गर्दै गरिव असहायलाई सहयोग वा दान गर्न आग्रह गरेका छन् ।

पुर्बमनत्री समेत रहेका नेता जोशीले लकडाउनको समयमा नोलीहरुलाई घरबाट ननिस्कन पुनः आग्रह गर्दै बिश्व स्थास्थ्य संगठन, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय लगायतका सारेकारवाला सरकारी निकायको आग्रहलाई मान्न आग्रह समेत गरेको नेता जोशीका प्रेश संयोजक शुसान्त आचार्यले सुर्यखबरलाई बताए । पहिलो जनआन्दोलनमार्फत तत्कालीन राजा विरेन्द्रले नेपालमा चैत्र २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । बीपी कोईरालाको जननिर्बाचित सरकारलाई महेन्द्रले अपहरण गरेपछि ३० बर्ष पञ्चायत आएको थियो ।