राजनीति

संयोजक मिश्रको टिप्पणी: यो पटक तपाईं विफल हुनुभयो भने देशले ठूलै मूल्य चुकाउछ

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्य्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि बिज्ञ समूह नबनाएर गल्ती गरेको प्रतिकृया दिएका छन् । उनले ट्वीट गर्दै, ‘प्रधानमन्त्री ओलीले विज्ञ समूह बनाउनको लागि साझा पार्टी लगायतले दिएको सुझावलाई हल्का ढंगले लिएको भन्दै यो पटक तपाईं विफल हुनुभयो भने देशले ठूलै मूल्य चुकाउन सक्छ।’ भन्ने चेतावनीयुक्त टिप्पणी गरेका छन्।

संयोजक मिश्रले बर्तमान अवस्था राजनीतिक परिवर्तनहरू, भूकम्प या नाकावन्दी पछि सरकारले राम्ररी काम गर्न नसकेजस्तो होइन। अवस्था गम्भिर भएको टिपपणी गर्दै सरकारलाई विज्ञ समूह नबनाए मुलुकले ठूलो मूल्य चुकबाउनुपर्ने चेतावनी दिएका छन् । संयोजक मिश्रले आजको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमार्थी प्रतिकृया स्वरुप उक्त कुरा बताएका हुन् । साझा पार्टीले पटक पटक कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले विज्ञ समूह बनाउनुपर्ने सुझाव दिँदै आएको थियो । आजको प्रधानमन्त्रीको सम्बोधनले बिज्ञ समूहको बारेमा केही कुरै नभएपनि संयोजक मिश्रले उक्त प्रतिकृया दिएका हुन् ।

उनको ट्वीटः

प्रमज्यू, तपाईंले ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ र ‘विज्ञ समिति’को

 @Sajha_Partyको सुझाव हलुकासँग लिनुभयो। यो अवस्था राजनीतिक परिवर्तनहरू, भूकम्प या नाकावन्दी ‘पछि’ सरकारले राम्ररी काम गर्न नसकेजस्तो होइन। अवस्था गम्भिर छ। यो पटक तपाईं विफल हुनुभयो भने देशले ठूलै मूल्य चुकाउन सक्छ।