पु.समाचार

स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको तत्काल छानबिन गर्न काँग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेको आज सभापति दशेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियामीतताको छानबिन गर्न माग गरेको छ । आज बसेको काँग्रेस पदाधिकारी बैठकमा कोरोना संक्रमण रोक्न पार्टीका सबै शक्तीहरुलाई प्रयोग गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना भाईरस नियन्त्रणको लागि गरेका प्रयासहरु सन्तोषजनक नभएको भन्दै भारतीय सीमामा भएका नेपालीहरुलाई सुरक्षीत रुपमा जसरीपनि सरकारले नेपाल फकाउन पहल गर्न जरुरी रहेको बताएको छ ।

प्रतिपक्षी दलका हैशियतले काँग्रेसले सरकारलाई सहयोग गरिरहेको बताउँदै सरकारले मेडिकल सामाग्री खरिदलाई पारदशी बनाउन नसकेकोमा पदाधिकारी बैठकले सरकारसँग पारदशी बनाउन माग समेत गरेको छ । काँग्रेस सहमहामन्त्री डा प्रकाश सरण महतले सरकारलाई रचनात्मक सहयोग भन्दा पनि पुरै सहयोग गरेपनि काँग्रेसको सहयोगलाई ध्यान नदिएको बताए ।