आर्थिक

सपथपछि गभर्नर अधिकारीले पहिलो निर्णय स्वरुप बनाए कोरोना नियन्त्रण समिति

काठमाडौं । सोमबार नेपाल सरकारबाट नियुक्त भएका नबनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाईरसको स्रक्रमण बिरुद्ध लड्न राष्ट्र बैंकस्तरबाट समिति बनाउने निर्णय गरेका छन् । गभर्नर अधिकारीको पहिलो निर्णयको रुपमा रहेको उक्त समिति बनाउनु पुर्ब उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणासँग सपथ आएर आएपछ्किो हो ।

गभर्नर अधिकारीले पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन् । सपथ खाएपछि राष्ट्र बैंकमा गभर्नर अधिकारीलाई स्वागत गर्न डिपुटी गभर्नर चिन्तामणी सिवाकोटी र शिबराज श्रेष्ठ पुगेका थिए । डा चिरञ्जीवी नेपालको पधावधी अन्त्य भएपछि सोमबारमात्र सरकारले खोटागंका अधिकारीलाई नियुक्त गरेको थियो ।