राजनीति

नीति/योजना भने तदर्थ शैलीको हैन पूर्ण सूचित/वस्तुगत बनोस्ः डा आचार्य

काठमाडौं २५ चैत्र । साझा पर्टीका प्रवक्ता डा सुर्यराज आचार्यले कोरोना भाईरस कोभिड – १९ को विरुद्धको लडाइँका लागि प्रधानमन्त्रीको सम्बोधनमा प्रतिबिम्बित सरकारको गाम्भीर्यता, जिम्मेवारीता, दृढता र प्रतिबद्धता स्वागत योग्य रहेको बताएका छन् ।

डा आचार्यले सीमित श्रोत र साधनका बाबजुद सङ्घीय/प्रदेश / स्थानीय सरकारको क्रियाशीलता उत्साह जनक । नीति/योजना भने तदर्थ शैलीको हैन पूर्ण सूचित/वस्तुगत बनोस् भन्ने सुझाव दिएका छन् । विज्ञ समेत रहेका डा आचार्यको सुझाव राजनीतिक क्षेत्रमा महत्वपुर्ण मानिन्छ ।

उनको स्टाट्स्ः कोभिड–१९ को विरुद्धको लडाइँका लागि प्रधानमन्त्रीको सम्बोधनमा प्रतिबिम्बित सरकारको गाम्भीर्यता, जिम्मेवारीता, दृढता र प्रतिबद्धता स्वागतयोग्य छ । सीमित श्रोतरसाधनका बाबजुद सङ्घीय/प्रदेश/स्थानीय सरकारको क्रियाशीलता उत्साह जनक । नीतिरयोजना भने तदर्थ शैलीको हैन पूर्णसूचित / वस्तुगत बनोस् ।