राजनीति

प्रधानमन्त्रीको सम्बोधन ठीक छ तर बोलीको कार्यान्वयन हुनुपर्योः अध्यक्ष थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा सम्बोधनपछि राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन ठीक भएको तर उक्त सम्बोधन कार्यान्वयन हुनुपर्ने बताएका छन् । अध्यक्ष थापाले सम्बोधन अनुसार अझै सरकारको समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन, भनेका छन् । अध्यक्ष थापाले अपवाद बाहेक सरकारको निर्णयरकदमलाई जनताले साथ दिएकाछन, भोलि पनि दिनेछन्।राम्रो काम होस् जनताले साथ दिनेछन् भन्दै सम्बोधन अनुसार काम गर्न सल्लाह दिएका छन् ।
अध्यक्ष थापाको ट्वीटः
प्रम @kpsharmaoli को सम्बोधन सुनें।सबै बिषय समेटिएका छन्।कोराना महामारी बिरुद्ध सरकारको नीतिरकदम ठिक छ।सम्बोधन अनुसार काम पनि होस्।अझै समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन। अपवाद बाहेक सरकारको निर्णयरकदमलाई जनताले साथ दिएकाछन, भोलि पनि दिनेछन्।राम्रो काम होस् जनताले साथ दिनेछन् ।