पु.समाचार

कोरोना संक्रमण रोकथामका लागि सरकारले कुनै कसर बाँकी राखेको छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सक्बोधन गरिरहेका छन् । उनले नेपाललाई बिश्वस्वास्थय संगगथनले कोरोना संक्रमणको उच्च जोखिमयुक्त मुलुक भनेकोले लक डाउन गर्नुपरेको बताएका छन् । नेपाल सरकारले कोरोना रोक नियन्त्रण, रोकथाम तथा उपचारका लागि चालेका कदमहरु सही भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाएका छन् ।

प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन् । प्रधानमन्त्रीले सरकारले संक्रमण रोकथामका लागि कुनैपनि कसर बाँकी नराख्ने संकेत गरेका छन् ।

उनले चर्को गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ ।