सामाजिक सञ्जाल

धनराजको प्रश्नः बिरामी अस्पतालको गेटबाटै फर्काउनु हुन्छ? कोरोनाका कारण मानवताको अन्त्य भएको हो ?

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कोरोनाका कारण मानवीयताको पनि अन्त्य भएको हो ? कि मुलुक राज्यबिहीनता तर्फ धकेलिएको हो ? भन्दै प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै, ‘लकडाउन भनेको अस्पतालहरुले गेट बन्द गरेर विरामीलाई गेटबाटै फर्काउनु होइन। तर केहि अस्पतालले विरामीलाई गेटबाटै फर्काउने गरेको र कतिपय विरामीको समयमा उपचार नपाउँदा मृत्यु भएको समाचार आइरहेको छ।’ भनेका छन् ।

नेता गुरुङको ट्वीटः
लकडाउन भनेको अस्पतालहरुले गेट बन्द गरेर विरामीलाई गेटबाटै फर्काउनु होइन। तर केहि अस्पतालले विरामीलाई गेटबाटै फर्काउने गरेको र कतिपय विरामीको समयमा उपचार नपाउँदा मृत्यु भएको समाचार आइरहेको छ। कोरोनाका कारण मानवीयताको पनि अन्त्य भएको हो ? कि मुलुक राज्यबिहीनता तर्फ धकेलिएको हो ?