राजनीति

माहामारीको पछिल्लो अवस्था र कांग्रेसले खेल्नुपर्ने भुमिकामा छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौं । कोरोना माहामारीको पछिल्लो अवस्था र कांग्रेसले खेल्नुपर्ने भुमिका  लगाएतको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापतीले आज बिहानै बैठक डाकेका छन् ।

सभापती देउवा निवाश बुढानिलकण्ठमा केहिबेरमा बस्ने बैठकमा कोरोना रोकथाम तथा नियन्त्रण नियन्त्रणका लागि सरकरलाई थप बल कसरी पुर्याउन सकिन्छ, संगठीत रुपमा कसरी आवाज उठाउन सकिन्छ, देशभर पार्टीका नेता कार्यकर्ता र स्वास्थ्यकर्मीहरको मनोबल कसरी बढाउन सकिन्छ भन्नेबारेमा छलफल हुने भएको छ ।

बिहान १० बजे बस्ने बैठकमा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताको उपस्थित हुने भएको छ । पार्टीमा विभिनन नेताहरुले पदाधिकारी बैठक नबस्दा सरकारलाई आधिकारीक रुपमा दबाद दिन नसकेको भन्दै गुनासो गरेपछि देउवाले बैठक बोलाएका हुन् ।

आजको बैठकमा पार्टीका सभापती शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि– विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोईराला र पुर्णबहुर खड्का त्यस्तै प्रवक्ता विश्वप्रकाश शर्मा उपस्थित हुने भएका छन् ।

कोषाध्यक्ष सीतदेवी यादव उपत्यका बाहिर भएकाले बैठकमा सहभागी नहुने भएकी छिन् । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले कारोना नियन्त्रण तथा रोकथाममा सक्रिय भएर सरकारलाई साथ दिईरहेको छ ।