शिक्षा

कक्षा ११ र १२ को परिक्षा हुने–नहुने भन्नेबारेमा आज छिनोफानो हुनेः बैठक बस्दै

चैत्र २५ काठमाडौं । चीनको उहानबाट फैलन सुरु गरेको कारोना माहामरीका कारण अन्य क्षेत्र त छनै शैक्षिक क्षेत्रमा समेत नराम्रो संग असर परेको छ । आज कोरोनाका कारण सिँगो देश मात्रै होईन विश्वनै ठप्प छ । शैक्षिक संस्था, कलकारखाना, यातायात, उद्योग लगाएत सबै बन्द छ ।

कोरोनाका त्रासका कारण माध्यामिक शिक्षा परिक्षा एसईईको परिक्षा समेत स्थगीत भयो । यस्तै अब कक्षा ११ र १ को परिक्षा मितिपनि नजिकिँदै छ । तर यो परिक्षा पनि स्थगीत गर्ने अवस्था छ । कोरोनाको कहर सान्त नभएका कारण ११ र १२ को परिक्षा पनि अन्योलमा छ । यसैको विषयमा छलफल गर्न आज बैठक बस्दै छ ।

कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा आज मङ्गलबार निर्णय हुने भएको छ । मङ‍गलबार बैठक बसेर कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने बारेमा निर्णय हुन लागेको हो ।

यसअघि कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गतेबाट तथा कक्षा ११ को आउँदो वैशाख २१ गतेबाट गर्ने निर्णय गरेकोमा केही हेरफेर हुनसक्ने छ । यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुलिकन परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीको लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आरेका छन् ।