अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभरी मृत्यु हुनेको संख्या ७४ हजार वढी, संक्रमीतको संख्या अमेरिकामा धेरै (अपडेट)

काठमाडौं । चीनको उहान सहरबाट फैलन सुरु गरेको प्राणघातक कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ७४ हजार नाघेको छ । कोरोनाका कारण आज बिहान सम्म ७४ हजार ६ सय ४७ को मृत्यु भएको छ ।

भने १३ लाख ४५ हजार ७२६ जनामा कोरोनाको संक्रमण देखिएकोमा २ लाख ७८ हजार ४१३ यो संक्रमणबाट मुक्त भइसकेका छन् ।

अहिले ९ लाख ९२ हजार ६६६ कोरोना संक्रमित रहेकामा यसको ९५ प्रतिशतको अवस्था सामान्य रहेको छ भने ५ प्रतिशत अर्थात ४७ हजार ५१८ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १६ हजार ५२३ जनाको मृत्यु भएको छ भने स्पेनमा १३ हजार ३४१ जनाको तथा अमेरिकामा १० हजार ८७१ जनाले ज्यान गुमाएका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।

नेपालमा ९ जना संक्रमित देखिएकोमा एक जना निको भएर घर फर्किसकेका छन् । उपचाररत ८ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।