राजनीति

गगनको प्रश्नः लकडाउन अवधिमा सरकारले के गर्नु पर्छ ? के गर्ने हो ?

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले आफूहरु भोली हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भोलीको सम्बोधनलाई पर्खिरहेको बताएका छन् । उनले ट्वीट गर्दै ‘लकडाउन’को अवधि थपिएकोमा स्वीकार गर्दै कोरोना संक्रमणको जोखिमबाट बच्न र यसको चेन तोड्न यो निरन्तरता अनिवार्य भएको बताएका छन् । सरकारले गरेको लकडाउनमा जनताले के गर्नुपर्छ, के गर्नु हुँदैन ? थाहा भैसक्यो, निरन्तर पालना गर्नेछौं, भन्दै लकडाउनको पालना गर्ने बताएका छन् । उनले यसका साथसाथै सरकारले लकडाउन अवधिमा चाहिँ के गर्नु पर्छ ? के गर्ने हो ? भन्ने कुरा जान्न चाहेको विचार राखेका छन् ।

नेता थापाको स्टाटस्ः
‘लकडाउन’को अवधि थपिएको छ। कोरोना संक्रमणको जोखिमबाट बच्न र यसको चेन तोड्न यो निरन्तरता अनिवार्य छ।
लकडाउनमा जनताले के गर्नुपर्छ, के गर्नु हुँदैन ? थाहा भैसक्यो, निरन्तर पालना गर्नेछौं।
तर यो अवधिमा सरकारले चाहिँ के गर्नु पर्छ ? के गर्ने हो ?

प्रधानमन्त्रीज्यू भोलिको सम्बोधनमा उत्तर सुन्न चाहन्छौ।