विचार/ब्लग

माहामारीको मौकामा भ्रष्टाचार गर्ने पापीलाई अख्तियारको कारबाही किन ढिला ?

बाबुराम आचार्य/पछिल्लो समय स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित कोरोना भाईरस संक्रमणका लागि चीनबाट ल्याएका औषधि महँगो मूल्यमा खरीद गरेको र काम नलाग्ने औषधिहरु ल्याएको काण्डमा फसेका छन् । काण्डै काण्डको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पछिल्लो र इतिहासमा नै लाजमर्दो बनाउने काण्डको रुपमा स्वास्थ्य सुामाग्री खरिद काण्ड देखिएको छ । मन्त्री ढकाल कोरोना संक्रमणका कारण बिश्वमा झण्डै ७० हजार मानिसको मृत्यु हुन लागेको दुःखद अवस्थामा आफ्नो गोजीबाट सहयोग गर्नु त कता हो कता ? मौका छोपेर यही अवस्थामा कालो सूचीमा परेको कम्पनी, कम्सल सामाग्री, अत्यन्तै महँगो मूल्य, अनि बिना प्रतिष्पर्धा खरिद गर्ने सम्झौता गरेर बिबादमा तानिएका छन् ।

बुधबार नेकपा अध्यक्ष पुष्पकमल दहाल र प्रधानमन्त्री केपी शर्मा ओलीको लामो समय पछिल्ला गतिबिधिको बिषयमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालको राजीनामा माग्ने सम्भावना पनि प्रबल छ, यस्तै काण्डमा सूचना तथा संचारमन्त्री पदबाट गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । भानुभक्त ढकालले राजीनामा दिएरमात्र स्वास्थय सामाग्री खरिदको अनियमीतताको काण्ड सेलाउने देखिन्न । उनले माहामारी कोरोना भाईरस संक्रमणको बेला गरेको निर्णयले मन्त्री ढकाललाई त्यतिकै छाड्नुपनि हुन्न । स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको कम्पनी ओम्नी ग्रुप पनि बिबादास्पद देखिएको छ भने ओम्नी ग्रुपले चीनबाट सम्पर्क गरी ल्याएको कम्पनी पनि बिबादास्पद नै रहेको मिडियाहरुमा समाचार आईसकेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पनि पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायत ६ जना पुर्ब प्रधानमन्त्रीसंग कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका बिषयमा छलफल गरेका छन्, काँग्रेस सरकारमा नभएपनि उनले उक्त चासो राख्नु सकारात्मक कदमको रुपमा लिनुपर्छ ।

दिनको झण्डै हजारको हाराहारीमा आफ्ना नागरिक गुमाउन थालेपछि बिश्वको राजधानीको रुपमा मानिएको अमेरिका र त्यसको राजधानीको रुपमा रहेको न्यूयोर्क शहरसहित निःशब्द छ । एशियाको बिकशीत मुलुक जापान, बिश्वको दोस्रो शक्ती सम्पन्न चीन भिटो प्राप्त मुलुक वेलायत, रसिया, फ्रान्स निःशब्द छन् । उनीहरु बिश्व ब्यापार संघका नाममा बिश्वलाई नै आर्थिक क्षेत्रसंग जोडेर आधुनिकता लाद्न धेरै हदसम्म सफल भएका थिए । आफ्नो न्वारानदेखीेको बल लगाएर कोरोना संक्रमण बिश्वबाटै हटाउन लागि परिरहेका छन् ।

चीनको उहान प्रान्तबाट बिश्वव्यापी माहामारीको रुपमा सुरु भई संसारका झण्डै दुई सय मुलुकमा प्रत्यक्ष रुपमा प्रभाव जमाईसकेको कोरोना भाईरस संक्रमण ७० हजार भन्दा बढी मानिसको ज्यान लिँदै हाल अमेरिकामा केन्द्र बिन्दु बनेको छ । चीन र अमेरिकापछि ईटली, स्पेन, ईरान, ईराक, बेलायत, फ्रान्स, जर्मनी लगायतका मुलुकले कोरोना संक्रमणका कारण ठूलो क्षती ब्यहोरिरहनु परिरहेको छ ।

यतिसम्म कि ईटलीका जनताले दिनहुँ एकहजारको हाराहारीमा मानिसहरु मरिरहनाले सडकमा पैसा फालेका तस्विरहरु सामाजिक सञ्जाल र समाचारमा भाईरल भयो । ईटलीका राष्ट्रपतिले कोरोनाको युद्ध ईटलीका जनताले जितेरै छाड्ने भन्दै अनुहारभरी थकित हुँदै दिएको तस्विर पनि समाचारहरुमा भाईरल नै भयो । यस्तै ईटलीका स्वाथ्यकर्मीहरु रातदिन खटेको र झण्डै सयको हाराहारीमा मृत्यु भएको अनि एक स्वास्थ्यकर्मी नर्शले आफूलाई कोरोना भएको भन्दै अरुलाई नसार्ने भन्दै आत्माहत्या गरेको घटना पनि भाईरल नै भयो ।

चीनमा कोरोना भाईरसका कारण त्यहाँको सरकार र जनताचिन्तित भईरहेका बेला अमेरिकामा कोरोना संक्रमण देखिएको थिएन । त्यस अवस्थामा अलि अलिमात्र देखिन थालेको थियो । अलि अलिमात्र संक्रमण देखिएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाईरसलाई चाईनिज भाईरस दिँदै राजनीति गर्ने प्रयास गरे । उनले समयमै कोरोना भाईरस नियन्त्रणका लागि पहलकदमी चाल्नुको सट्टा चीनलाई घुमाउरो पारामा गाली गरे वा चीनसँग राजनीति गर्न खोजे । अमेरिकामा चीनभन्दा दोब्बर बढी कोरोना संक्रमणबाट प्रभावित बनिसकेका छन् भने पाँच हजार हाराहारीको निधन भईसकेको छ । ३३ सयको हाराहारीमा क्षती ब्यहोरेको चीनले भने आफ्नो मुलुकमा कोरोना भाईरस संक्रमणको अवस्थालाई सामान्यतर्फ ल्याईसकेको छ । एशियामा धेरै मानिसको मृत्यु नभएपनि कोरोना भाईरसको संक्रमणबाट थप आतंकित बनेको छ । बिश्वका प्रायः सबै मुलुक कुनै न कुनै तरिकाले बन्द गरिएका छन् । एक अर्ब ३० करोड जनसंख्या भएको मुलुक भारतमा २१ दिनको लागि लकडाउन गरिएको छ । भारतमा पनि अन्तर्राष्ट्रिय बिमानस्थलहरु बन्द गरिएका छन्, सीमा नाका बन्द छन् । अत्यावश्यकीय काममा बाहेक बाहिर ननिस्कन आफ्ना नागरिकलाई प्रधानमन्त्री नरेन्द्र मोदी प्रशासनले रोक लगाएको छ । मोदी प्रशासनको आग्रहलाई भारतीय जनताले आत्मासाथ गरेका छन् । तीन दर्जनभन्दा बढीको कोरोना संक्रमणका कारण निधन नभएपनि भारतले सम्भाबित मानविय क्षतीलाई रोक्न लकडाउन गरेको हो ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुद्धिजिवी तथा सर्बसाधारणले लकडाउन गर्न आग्रह गर्दा अमेरिका बन्द गर्न बनेको होईन बन्द हुँदैन भनेका थिए । पछि बेलायतका अनुसंधानकर्ताहरुले अमेरिकाले तुरुन्त सचेत भएर अगाडी नबढे दुई लाख भन्दा बढी अमेरिकनको मृत्यु हुने भनेपछि डोनाल्ड ट्रम्प तातिएर उक्त कोरोना संक्रमण रोक्न लागिपरेका छन् । राष्ट्रपति ट्रम्पले खबौं डलरको आर्थिक सहायता प्याकेज ल्याएका छन्, भारतीय प्रधानमन्त्रीले देशभर नागरिकलाई राहत प्याकेज घोषणा गरेका छन् । बिश्वभर नै सम्बन्धीत मुलुकका सरकारले आफ्ना नागरिकहरु भोकै नमरुन भनेर बिभिन्न राहत प्याकेजहरु ल्याएका छन् । कतिपय मुलुकमा राज्य तथा स्थानीय निकायहरुले नै आफ्ना नागरिकको लागि बिभिन्न प्रकारका राहत प्याकेजहरु ल्याएका छन् ।

यस्तो बिश्व नै गम्भीर मोडमा आएका बेला माहामारीको मौका छोपी कालोबजारी गर्ने, भ्रष्टाचार गर्ने, अनियमीतता गर्ने मानवरुपी पशुलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले सर्बोच्च अदालतमा मुद्धा दायर गर्नुपर्ने हो त्यो पनि गरेको नदेख्दा दुःख लागिरहेको छ । अनि अर्कोतर्फ नागरिक र मिडियाले तारन्तार बिरोध गर्दापनि उक्त काण्डमा भ्रष्टाचार भएको भए झुण्डिन तयार छु भन्ने स्वास्थ्य सेवा बिभागका माहानिर्देशक महेन्द्र श्रेष्ठले पछि आफैंले सम्झौता रद्द, धरौटी जफतका निर्णय गर्दै मिडियामा नै दिनुपर्दा अलिकति नैतिकता र ईज्जत पनि सोचेनन् के भन्ने यसलाई ? लाज, सरम, अलिकति धर्म, अलिकति नैतिकता त हुनु नि, कुनैपनि कुराबाट लाज नमान्ने नेपाली समाजमा प्रवृति देखियो । महेन्द्र श्रेष्ठलाई अख्तियारले स्पष्टिकरण लिएको भनने समाचार त आयो तर उनले त्यती ठूलो गल्ती गर्दा सजाय दिईएको वा भ्रष्टाचारका लागि मुद्धा दर्ता गरेको भन्ने चैं आएन । यस्ता माहामारीको मौकामा भ्रष्टाचार गर्नेलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले कारबाही गर्न ढिला गर्न हुन्न । यस्तोलाई कारबाही  गर्न ढिला भएमा अन्य काम गर्नेहरुमा पनि मनोवल बढ्न गई अपराधगर्नतिर जानसक्छन् । अख्तियारमा भने दुईजना ब्यक्तीबाट भ्रष्टाचार मुद्धा दर्ता भईसकेको छ। 

अहिले स्वास्थ्य सामाग्री खरीदको जिम्मा नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ, सेनाले पारदर्शी हिसावले सामाग्री खरिद गर्ने भनेको भएपनि कतिपक्ष पक्षबाट स्वास्थय सामाग्री खरिद गर्न सेनालाई दिएर सोनालाई बद्नाम गर्न नहुने तर्क दिईरहेका छन् । देश पुरै लकडाउनको अवस्थामा रहेका बेला स्वास्थ्य सामाग्री खरिद गरी मुलुकमा भएका तीन करोड नेपाली जनतालाई कोारेना संक्रमणबाट बचाउनु पहिलो प्राथमिकता हुनुपर्छ । कुनैपनि हालतमा मुलुकमा कोरोना संक्रमणबाट मुक्त हुनुपर्छ । हेलचेक्रयाँई गरेमा हामी सबैलाई घाघा हुन्छ, मुलुकलाई घाटा हुन्छ । लकडाउन भएदेखी पीपीई लगायतका स्वास्थ्य सामाग्री खरीदमा सरकारले गरेको गृहकार्य त्यति सन्तोषजनक देखिएन । अब भने युद्धस्तरबाट अगाडी नबढे भयाभह अवस्थाको शिकार हुनुपर्नेछ ।