पु.समाचार

विदेशका नेपालीप्रति अध्यक्ष थापा चिन्तितः भन्छन्, ‘उहाँहरुको स्वास्थ/सुरक्षामा सरकारको ध्यान जाओस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिदेशमा बसेका नेपालीहरु कोरोना संक्रमणको त्रासबाट गुज्रीरहेको भनदै उनीहरुको स्वास्थ र सुरक्षाका निमित्त सरकारको ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । उनले अमेरिकामा ठूलो संख्यामा नेपालीहरु ‘कोभिड१९’बाट संक्रमित भएको, अष्ट्रेलियामा बिद्यार्थीहरु समस्यामा परेको,भारतिय सिमाक्षेत्रमा नेपालीहरुले कष्ट भोग्नुपरेको र अन्य देशहरुमा पनि नेपालीहरु जोखिममा रहेको देखिएकोले सरकानरले राहत तथा उद्यारकबा लागि तत्काल कदम चाल्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।

अध्यक्ष थापाको ट्वीटः अमेरिकामा ठूलो संख्यामा नेपालीहरु ‘कोभिड१९’बाट संक्रमित भएको, अष्ट्रेलियामा बिद्यार्थीहरु समस्यामा परेको,भारतिय सिमाक्षेत्रमा नेपालीहरुले कष्ट भोग्नुपरेको र अन्य देशहरुमा पनि नेपालीहरु जोखिममा रहेको देखिन्छ।बिदेशमा रहेका नेपालीहरुको स्वास्थ र सुरक्षाका निमित्त सरकारको ध्यान जाओस्