राजनीति

तीन करोड नेपालीमा १५ सयको मात्रै कोरोना परिक्षण गरेर ढुक्क हुन सकिँदैनः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष डा बाबुरा भट्टराईले तीन करोड नेपालीमा १५ सयको मात्रै कोरोना परिक्षण गरेर नेपालमा ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।

उनले भनेका छन्ः यो भनेको प्रति एक लाखमा ५ जना हो । उनले यसरी तुलना गरेका छन्ः जबकि दक्षिण कोरियामा यो अनुपात८२२, इटालीमा८३८, यूकेमा२११ छ ।

विदेशबाट लाखौं नेपाली भित्रिने स्थितिमा हामीले द्रूत परीक्षण बढाउनैपर्छ । उनले स्यालको शिकार गर्न बाघको खजाना जो भनिन्छ भन्दै तुलना गरेका छन् ।

उनको ट्वीटरः तीन करोड़ जनसंख्यामा १५ सयको मात्र परीक्षण गरेर कोरोनाबाट ढुक्क हुने अवस्था छैन ! यो भनेको प्रति एक लाखमा ५ जना हो ! जबकि दक्षिण कोरियामा यो अनुपात ८२२, इटालीमा ८३८,यूकेमा २११ छ । विदेशबाट लाखौं नेपाली भित्रिने स्थितिमा हामीले द्रूत परीक्षण बढाउनैपर्छ । स्यालको शिकार गर्न बाघको खजाना जो भनिन्छ !