पु.समाचार

आज मन्त्रीपरिषदको बैठक बस्दैः लकडाउन लम्ब्याउने सरकारको तयारी

चैत्र २४ काठमाडौं । लकडाउन लम्ब्याउने विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बस्दै छ । आज अपरान्ह ४ बजे वस्ने बैठकमा मुलुकमा कोरोना माहामारी फैलन नदिन लकडाउन लम्ब्याउने र नियमित बिषयमा निर्णय हुने भएको छ ।

सुदुरपश्चिममा कोरोनाले महामारीको रुप लिन थालेपछि सरकार कठोर बन्दै गएको छ । बिहिबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले लकडाउनलाई केहि खुकुलो बनाउने निर्णय गरेपनि सुदुरपश्चिममा पहिलोपल्ट एक व्यक्तिबाट अर्काेमा सरेको केश सार्वजनीक भएपछि लकडाउनलाई फेरी निरन्तरता दिने भएको छ ।

त्यहाँ एकैदिन ३ जनामा कोरोनाको संक्रमण देखिएपछि उत्त संक्रमणको चुनौतिलाई मध्यनजर गर्दै लकडाउन थप्ने सरकारले तयारी गरेको छ । यसअघि नेपालमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ गते लकडाउनको घोषणा गरेको थियो ।

साथै १७ गते बसेको कोरोना संक्रमण उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्मलाई लकडाउन कायम राख्न प्रस्ताव गरेपछि मन्त्रीपरिषद बैठकले थप एक साता लम्ब्याएको थियो । तर नेपालमा झनै कोरोनाको त्रास फैलन थालेपछि २५ गते लकडाउन नखुलि पुनः थप हुने सम्भावना रहेको छ ।

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेपछि सुदुरपश्चिम सरकारदेखी सबैले लकडाउन बढाउन सरकारको ध्यानाकर्शन गराएका छन् । अबको लकडाउन बैशाख ३ गतेसम्म को हुनसक्ने श्रोतले बताएको छ ।