सामाजिक सञ्जाल

कोरोनाको औंषधी पत्ता लागेको चीनको अनुभव सिकौंः नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले हालसम्म कोरोना भाईरसको औंषधी पत्ता नलागेको भन्दै चीनको अनुभव सबैले सिक्न जरुरी रहेको बताएका छन् । चीनबाट सुरु भएको कोरोना माहमारीलाई चीनले नियन्त्रणनै गरिसकेको छ ।

मृत्यु हुनेर संक्रमीतको संख्या न्युन छ भने चीनको वातावरण सामान्य बन्दै गएको छ । नेता गुरुङले कोरोनाको औंषधी पत्ता नलागेको अवस्थामा, तथापी विना औंषधी चीनले कोरोना संक्रमितलाई घरमै आइसोलेशनमा राखेर तातो पानी खाने र दिनमा कम्तिमा ४ पटक नाकबाट पानीको बाफ लिन लगाएर कोरोना नियन्त्रण गरेको भन्ने जानकारी भएको भन्दै यो कुरा सत्य भए संसारका लागि ठुलो पाठ हुन सक्ने बताएका छन् ।

यसबारेमा सबै मुलुकले राम्ररी बुझ्न जरुरी रहेको नेता गुरुङको भनाई छ ।

उनको ट्वीटः कोरोनाको औंषधी पत्ता लागेको छैन। तथापी विना औंषधी चीनले कोरोना संक्रमितलाई घरमै आइसोलेशनमा राखेर तातो पानी खाने र दिनमा कम्तिमा ४ पटक नाकबाट पानीको बाफ लिन लगाएर कोरोना नियन्त्रण गरेको भन्छन् । यो कुरा सत्य नै हो भने संसारका लागि ठुलो पाठ हुन सक्छ । राम्ररी बुझ्न पाए हुने थियो ।