प्रवास

अमेरिकामा कोरोनाले मृत्यु भएको भनिएका निमा शेर्पा जिवितैः किन दियो परिवाले नै गलत जानकारी ?

काठमाडौं । अमेरिकामा कोरोना संक्रमण बाट मृत्यु भएका भनिएका निमा टेम्बा शेर्पा जिवितै रहेको खुलाशा भएको छ । यस अघि विभिन्न सञ्चारमाध्यममा अमेरिकारमा बस्दै नेपाली निमा सेर्पाको कोरोनाका कारण अस्पतालमा उपचारका क्रममा मृत्यु भन्ने समाचारहरु आएका थिए ।

परिवारले भाई निमा सेर्पाको मृत्यु भएको जानकारी दिएको र पछि अस्पतालमा सम्पर्क गर्दा भाई जिउँदै रहेको भन्ने खबर आफुले पाएको दाजु लाक्पा सेर्पाले बताएका छन् ।  टेम्बा सेर्पाका दाजु लाक्पा सेर्पाका अनुसार अमेरिका न्युयोर्क निवासी निमा शेर्पाको मृत्यु भएको भनेर परिवारले जानकारी दिएपनि पछि उनि जिवितै रहेको र उपचाररत रहेको अस्पतालले जानकारी दिएको बताए ।

उनका दाजु ल्हाक्पायुला शेर्पाले समाजिक सञ्जाल फेसबुकमाफर्त निमाकोे मुटु चलिरहेको खबर आएको बताए । भाइको मुटु चलेको भन्ने खबर अस्पतालबाट आएको यसअघि आफूहरुबाट गलत सूचना दिएर गल्ती भएको उनले स्वीकार गरेका छन् ।

टेम्बा सेर्पाका दाजु लाक्पा सेर्पाले सामाजिक फेसबुकमा यस्तो लेखेका छन्ः हाम्रो भाई ङिमा तेम्बा शेर्पाको सन्बन्धमा हिजो अस्पातलबाट परिवारलाई दिएको जानकारी अनुसार अब मानिस काम नलाग्ने जानकारी दिएपछि हामीले उहाको नाममा पूजापाठ गर्ने देखि लिएर फेसबुकमा श्रद्धान्जली लेख्ने समेत काम भएको थियो ।

अहिलेको परिस्थिति अनुसार परिवार कोही पनि त्यहा जान नमिल्ने भएको हुँदा उनीहरुको सूचनामा भर पर्नु पर्ने भएको हुँदा आज बिहान अस्पातल संपर्क गर्दा उहाको मुटु चलिरहेको जानकारी प्राप्त भएको छ, हामी सबैले उहाको स्वास्थ्य लाभ प्रार्थाना गरौ । हामीले दिएको जानकारी अनुसार नै भाईका साथीभाई तथा शुभचिन्तकहरुले श्रद्धान्जली समेत लेखेका हुन्, त्यस बिषयमा हामी अन्यथा लिने छैनौं ।

सम्पूर्ण महनुभाव तथा संघसस्थाहरुलाई यो जानकारी गराउन्दै हामीले अस्पातलको सूचनाकै भर पर्नु पर्ने भएको हुनाले पर्न गएको दुबिधाप्रति क्षमा चाहन्छु ।

यता नेपाल सरकारको बाणिज्य दूतावास न्यूयोर्कका कार्यबाहक महाबाणिज्यदूत पुष्पराज भट्टराईले आफूले समेत निमाका दाजु र अन्य आफन्तसँग कुराकानी गरेर पक्का भएपछि मात्रै सामाजिक सञ्जालमा पोष्ट् गरेको र त्यही आधारमा पत्रकारलाई सूचना दिएको जनाएका छन् । यस्तै आफ्न्त लगाएत अन्य व्यक्तिले समाचार दिन हतार गरिएको र परिवारले समेत हतारमा गलत सूचना प्रवाह गरेको टिप्पणी गरेका छन् ।