अन्तर्राष्ट्रिय

कोरोना प्रकोप, मृत्यु हुनेको संख्या ७० हजार नजिकः १२ लाख वढी संक्रमीत, २ लाख ६१ हजार उपचारपछि निको

काठमाडौं । चीनको उहानबाट फैलिएको प्राणघातक भाईरस कारोनाले हालसम्म मृत्युहुनेको संख्या ७० हजार पुग्नै लागेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या आज बिहानसम्म ७० हजार नजिक पुगेको छ । आज सोमबार बिहान ६ बजेसम्म कोरोनाका कारण विश्वभरमा ६९ हजार ४ २४ जनाको ज्यान गएको छ ।

९ लाख ४१ हजार ८४३ जनाको जनाको अहिले पनि उपचार भइरहेको छ । ४५ हजार ६१९ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ९६ हजार २१५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइसको संक्रमण भएर उपचारका लागि अस्पताल पुगेका मध्ये २ लाख ६१ हजार ४८५ संक्रमित स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

सबैभन्दा धेरै इटलीमा १५ हजार ८८७ जनाको कोरोनाका कारण ज्यान गएको छ । स्पेनमा १२ हजार ६४१, अमेरिकामा ९ हजार ६१०, फ्रान्समा ८ हजार ७८ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वका १२ लाख ७२ हजार ७३७ जनामा कोरोनाको संक्रमण देखिसकेको छ ।

यस्तै कोरोनाले नेपालमा पनि छोएको छ । नेपालमा अहिलेसम्म ९ जनामा यो संक्रमण देखिसकेको छ । आठजना उपचाररत छन् र उनीहरुको अवस्था सामान्य रहेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एकजना उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् । थप संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको छ ।