अन्तर्राष्ट्रिय

१० दिनपछि पनि कोरोनाको संक्रमण देखिएपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

एजेन्सी । कोरोनाको संक्रमण पुनः देखिएपछि बेलायती प्रधानमन्त्री अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएका हुन् ।

१० दिनअघि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यति दिन बित्दा पनि लक्षण देखिएपछि पुनः परीक्षणका लागि प्रधानमन्त्री जोन्सन आइतबार बेलुका लण्डनको अस्पतालमा गएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

ज्वरोसँगै उनमा कोरोना भाइरसका अरु लक्षण पनि लगातार देखिइरहेका छन् । सावधानीका लागि डाक्टरको सल्लाह अनुसार नै जोन्सनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रधानमन्त्री जोन्सन नै सरकारको हर्ताकर्ता रहने छन्, तर सोमबारको कोरोना भाइरस सम्बन्धी बैठकको अध्यक्षता भने विदेश मन्त्रीले गर्ने जनाइएको छ ।