सामाजिक सञ्जाल

काँग्रेस कोरोना र भ्रष्टाचारका दुबैका बिरूद्ध डटेर निरन्तर लडिरहन्छ, पदका पछि होईनः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस कोरोना र करप्सन दुबै बिरूद्ध डटेर निरन्तर लडिरहने उद्घोष गरेका छन् । उनले पार्टीका लागि मध्यावधी निर्बाचन वा सरकारमा जाने भन्ने कुरा गलत भएको भन्दै सरकारसँग मिलेरै जाने बताएका छन् । उनले मिलेर जाने भन्नाले बिपत्तिमा करप्सनको प्रवृत्ति सरकारको संरक्षणमा मौलाएको र भ्रष्टाचार गर्ने छुट कसैलाईपनि नभएकोले कोरोनाका नाममा करप्सन गर्ने छुट कसैलाई पनि नदिने दाबी गरेका छन् ।

नेता पौडेलको स्टाटस्ः यतिबेला सत्ताका लागि सहमति वा मध्यावधि नेपाली कांग्रेसको एजेण्डा हुनै सक्दैन कोरोना बिरूद्ध सरकारसँग मिलेर लड्छौ तर कोरोनाका नाममा करप्सन गर्ने छुट कसैलाई दिन सक्दैनौ। यो बिपत्तिमा करप्सनको प्रवृत्ति सरकारको संरक्षणमा मौलाएको छ। त्यसैले हामी कोरोना र करप्सन दुबै बिरूद्ध डटेर निरन्तर लडिरहन्छौ !