राजनीति

सभापति देउवाद्वारा माहामारी नियन्त्रणका बिषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ सङ्क्रमणको सङ्कटबाट मुलुकलाई जोगाउन ऐक्यबद्ध भई कार्य गर्ने सम्बन्धमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

उनले आज पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग सो विषयमा टेलिफोनमा संवाद गरेको सभापति देउवाको सचिवालयले जनाएको छ । संवादमा सभापति देउवाले आजको सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढङ्गले कार्य गर्न अपिल गरेका थिए ।