सामाजिक सञ्जाल

काँग्रेस पाँच वर्ष पुरै अवधि विपक्षमा बस्न मानसिकरूपमा तयार हुनुपर्छः डा रिजाल

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले पाँच बर्ष काँग्रेस चुप लागेर प्रतिपक्षी दलको रुपमा रहनुपर्ने बताएका छन् । नेता रिजालले सहमतीय सरकार वा मध्यावधीका कुरा नेताहरुले नगरेको भनेपछि मान्नुपर्ने भन्दै काङ्ग्रेस यो पाँच वर्ष पुरै अवधि विपक्षमा बस्न मानसिकरूपमा तयार हौं भनेका छन् । पूर्बमन्त्री समेत रहेका काँग्रेस नेता रिजालले पाँच बर्ष प्रतिपक्षमा बसेपछि मात्र देशलाई सबल नेतृत्व दिन सक्नेगरी काँग्रेस पुनर्जीवत हुनेमा बिश्वस्त भएको बताएका छन् ।

नेता रिजालको स्टाटस्ः साथीहरूले बोल्या छैन भन्या कुरालाई बोलेकै हो भन्नु उचित होइन।
तर सत्ता प्रशंग यस बीचमा दुई पटक उठीसक्या हुनाले यती चाहिं भन्न मन लाग्यो कि हामी काङ्ग्रेस यो पाँच वर्ष पुरै अवधि विपक्षमा बस्न मानसिकरूपमा तयार हौं, अनि मात्रै देशलाई सबल नेतृत्व दिन सक्नेगरी पुनर्जीवत हुनेछौं।