आर्थिक

मेटलाईफ फाउण्डेशनले २५ मिलियन सहयोग गर्ने

चैत्र ५, काठमाडौं । वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण हाल विस्वमा प्रभावित समुदायहरूको समर्थनमा मेटलाइफ फाउन्डेशनले हिजो घोषणा गरे अनुरुप २५ मिलियन डलर सहयोग गर्ने प्रतिक्रिया दिएका छन्। । मेटलाइफ फाउन्डेशनले प्रदान गर्ने अनुदानले सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूमा विस्तार हुनेछ र दुबै छोटो तथा दीर्घकालीन राहतका प्रयासहरूलाई सम्बोधन गर्नेछ।

मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफका अनुसार “सम्पूर्ण मानिसहरुको समर्थन र संरक्षण गर्नु नै मेटलाइफ व्यवसायको प्रमुख उद्देश्य हो।मेटलाइफ फाउन्डेशनले कोरोनाभाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको छ। हामी जुन समुदायहरूमा काम गर्छौं, आज त्यो समुदायलाई हाम्रो साथ र सहयोगको धेरै आवश्यकता भएकोले हामी आफूले सक्ने जति सबै सहयोग गर्न अघि बढ्ने छौँ।”

मेटलाइफ फाउन्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्काल लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्नेछ। मेटलाइफ फाउन्डेसनले आफ्ना विद्यमान साझेदारहरूसँग मिली कम आय आर्जन भएका मानिसहरूलाई र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग र्पुयाउनुका साथै आवश्यकताहरूको छिटो प्रतिक्रिया दिन सधै अग्रसर रहेनछ।

यस प्रतिबद्धताको एक हिस्साको स्वरूप, मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, ईएमईए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेका छन् साथै कोरोना भाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेका छन्। ।