राजनीति

धनराजको गर्जनः खबरदार! असक्षम शासकका कारण मुलुकमा निरङ्कुशता सह्य हुँदैन

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङले एउटा असक्षम शासकका कारण मुलुकलाई निरङ्कुशताको सुरुङ भित्र धकेल्न नपाईने बताएका छन् ।

बिहान ट्वीट गरेका नेता गुरुङले दोस्रो पटक पुनः ट्वीट ‘गर्दैसमाजवाद उन्मुख नेपाल १) कोरोना फ्रि जोन नेपाल २) भ्रष्टाचार फ्री जोन नेपाल ३) सेना फ्री जोन नेपाल .निरङ्कुश फ्री जोन नेपाल?’ गरी ३ प्रकारका राजनीतिक विचारमात्र मान्य हुने संकेत दिँदै मुलुक अफ्ठ्यारोमा परेको वेला शासकले क्षमता प्रदर्शन गर्नुपर्ने बेला आएको बताएका छन् ।

उनको ट्वीटः
समाजवाद उन्मुख नेपाल १) कोरोना फ्रि जोन नेपाल २) भ्रष्टाचार फ्री जोन नेपाल ३) सेना फ्री जोन नेपाल .निरङ्कुश फ्री जोन नेपाल? खवरदार ! मुलुक अफ्ठ्यारोमा परेको वेला शासकले क्षमता प्रदर्शन गर्ने हो। एउटा असक्षम शासकका कारण मुलुकलाई निरङ्कुशताको सुरुङ भित्र धकेल्न पाईंदैन।