राजनीति

गगनको सल्लाहः कहिले सहमतीय सरकार त कहिले मध्यावधी भन्ने नेताहरु मुख नै लक गर्नुस्

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले काँग्रेस नेताहरुमा कसैले सहमतीय सरकारको त कसैले मध्यावधी निर्बाचनको कुरा गरिरहँदा सरकार घटकहरुलाले काँग्रेसको बिरोध गरिरहने स्थान पाउँउने हुँदा लकडाउनको समयमा त्यस्ता कुरा मुखमा नै लक गर्न आग्रह गरेका छन् । युवा नेता थापाले नेताहरुलाई आग्रह गर्दै भनेका छन्, ‘लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भने पनि मनमै ‘लक’गरिदिनुहोस्।’
हिजोमात्र काँग्रेसका सहमहामन्त्री डा प्रकाशसरण महतले एक टेलिभिजनसँगको कुराकानीमा मध्यावधीको कुरा उठाएका थिए भने बरिष्ठ नेता रामचन्द्र पौडेलले केहीदिन अगाडी फेसबुक लाईभमा माहासंकटको समयमा सहमतीय सरकार सान्दर्भीक हुने विचार व्यक्त गरेका थिए । उनीहरुको करालाई कटाक्ष गर्दै युवा नतो थापाले प्रतिकृया दिएको देखिन्छ । डा महतले आप प्रेश रिलजमार्फत आफूले भनेको पुरै सुनेरमात्र दृष्टीकोण बनाउन भनिसकेका छन् भने बरिष्ठ नेता पौडेलले त्यसबिषयमा नयाँ कुरा केही बोलेका छैनन् ।

नेता थापाको ट्वीटः
कहिले सहमतिको सरकार !
कहिले मध्यावधि निर्वाचन !!

लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भने पनि मनमै ‘लक’गरिदिनुहोस्।

यस्ता विषय बहसमा आइदिँदा सरकारी ‘अजासु’ हरुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो।