राजनीति

मेरो मुख्य आशय मध्यावधि होईन, चाँडोभन्दा चाँडो देश कोरोना संक्रमणमुक्त होस् भन्ने होः सहमाहामन्त्री डा महत

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले भ्रमपूर्ण समाचारप्रति आफ्नो गम्भीर आपत्ति रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्त।वार्तामा आफूले मध्यावधीको कुरा उठाएको भन्ने कुरा भ्रममात्र भएको भन्दै उक्त अन्तरवर्ता पुरै सुनेरमात्र दृष्टीकोण बनाउन आम समुदायलाई आग्रह गरेका छन् । काँग्रेस नेता डा महतले माहामारीका बेला मध्यावधी निर्बाचनको माग गरे भनेर बिभिन्न प्रकारका हेडलाईन समाचार बनाएपछि उनले एक बिज्ञप्ती प्रकाशित गर्दै स्पष्ट पारेका हुन् ।

बिज्ञप्तीमा डा महतले भनेका छन्ः हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ । उक्त अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो । अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई वंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ ।
अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस् भन्ने हो । र, चाँडोभन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने नै हो । यसका लागि हाम्रो पार्टी पंक्ति पूर्ण रुपमा क्रियाशील छ । तसर्थ, म सबैमा उक्त अनलाइनको हेडलाइनको भ्रममा नपरी पूरै अन्तर्वार्ता सुनी त्यसका आधारमा दृष्टिाकोण बनाउन पनि अनुरोध गदर्छु । अहिले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको मलाई ज्ञात रहेको जानकारी गराउँछु । साथै, यस्ता अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गदर्छु । धन्यवाद । जय नेपाल