राजनीति

कोरोना संक्रमणले बिश्व नै आक्रान्त बनेको बेला मध्यावधी निर्बाचनको माग गर्नु गलतः डा कोईराला

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोईरालाले मुलुकमात्र नभएर बिश्व नै कोरोना भाईरसको संक्रमणबाट आक्रान्त भईरहेका बेला मध्यावधी निर्बाचनको कुरा गर्नु गलत भएको प्रतिकृया दिएका छन् । अहिलेको अवस्था भनेको राजनीति भन्दा माथी उठ्नु भएको जिकिर गर्दै कोरोना भाइरसका कारण आक्रान्त र असुरक्षित जनता र देशलाई बचाउनु मुख्य रहेको दाबी गरे । मध्यावधी निर्बाचनको पछि भन्दा राष्ट्रिय संकट समाधान गर्न सरकारका राम्रा कार्यमा सहयोग, नराम्रा कार्यमा आलोचना र जनतालाई सुसूचित गर्ने प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताए ।

डा कोईरालाले लेखेको फेसबुकको स्टाटस्ः यतिवेला नेपाल कोरोना भाइरसका कारण आक्रान्त र असुरक्षित छ। राष्ट्रिय संकट समाधान गर्न सरकारका राम्रा कार्यमा सहयोग, नराम्रा कार्यमा आलोचना र जनतालाई सुसूचित गर्ने प्रतिपक्षको भूमिका हो। अहिले पार्टी राजनीति भन्दा माथी उठेर जनसेवा गर्नुपर्छ। अहिले मध्यावधि निर्वाचन माग्नु ठिक होइन।