सामाजिक सञ्जाल

भ्रष्ट सरकारको आयु जति लामो हुन्छ त्यति नै जनताले दुख पाउँछन्ः नेता गुरुगं

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले भ्रष्ट सरकारको आयु जति लामो हुन्छ त्यति नै जनताले दुख पाउँछन् भन्दै तर यसको अर्थ मध्यावधी चुनाव नभएको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै महामारी बिरुद्ध लड्दा महामारी कै नाममा सरकारले चरम भ्रष्टाचार गर्ने र प्रतिपक्षले थपडी बजाउने भने नभएको बताएका छन् । उनले भ्रष्ट सरकारको विकल्प महामारीको अन्तसँगै नेकपाले नै प्रस्तुत गर्ला तर काँग्रेस भने प्रतिपक्षी दलकै हैशियतमा बसिरहनु राम्रो हुने तर्क गरेका छन् ।

उनको स्टाटस्ः महामारी बिरुद्व लड्दा महामारी कै नाममा सरकारले चरम भ्रष्टाचार गर्ने र प्रतिपक्षले थपडी बजाउने होइन। भ्रष्ट सरकारको आयु जति लामो हुन्छ त्यति नै जनताले दुख पाउँछन्। तर यसको अर्थ मध्यावधी चुनाव होइन। भ्रष्ट सरकारको विकल्प महामारीको अन्तसँगै नेकपाले नै प्रस्तुत गर्ला। हामी प्रतिपक्ष।