राजनीति

माहासँकटको राहत बाँड्दासमेत राजनीतिकरण हुनु दुर्भाग्यः नेता केसी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कोरोना संक्रमणमा भएको लकडाउनका कारण भोकै बस्न बाध्य, विचल्लीमा परेका, दैनिक परिश्रम गरी परिवार पाल्नेहरुलाई वितरित राहतमा व्यापक धाँदली र राजनितीकरण भएको बताएका छन् । नेता केसीले माहासंकटका बेलामा राहत बितरणमा राजनीतिकरण हुनु निन्दनीय भएको बताउँदै उक्त कुरा रोक्नका लागि स्थानीय स्थरमा सर्वदलीय संयन्त्र बनाउन जोडदार माग गरेका छन् । उनले राजमाजिक संञजालमा स्टाटस् लेख्दै उक्त कुरा बताएका हुन्ः

उनको स्टाटस्ः

भोकै बस्न बाध्य, विचल्लीमा परेका, दैनिक परिश्रम गरी परिवार पाल्नेहरुलाई वितरित राहतमा व्यापक धादली र राजनितीकरण भएकोछ। यो महासंकटलाइ राजनीतिक स्वार्थमा प्रयोग गरिनु घोर निन्दनीयहो। यसको नियन्त्रण, अनुगमन तथा निष्पक्ष वितरण गर्न स्थानीय स्तरमा सर्वदलीय संयन्त्र बनाउन जोडदार माग गर्दछु ।