सामाजिक सञ्जाल

एकजना स्थानीयमा भटियो अब त चेतौं, अब त परीक्षणको संख्या बढाऔँः गगन

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सरकारलाई कोरोना संक्रमीत छन् वा छैनन् भन्ने कुरा परीक्षण गर्न जरुरी भएको बताएका छन् । आफूले पटक पटक परीक्षण गर्न भनेको भन्दै परीक्षण गर्दा आज एकजना नेपालमा नै बस्ने नागरिक पत्ता लागेको बताएका छन् ।
नेता थापाले, ‘सरकार ! अब त चेतौं। परीक्षणको दायरा फराकिलो बनाऔँ, परीक्षणको गति र संख्या बढाऔँ।’ भनेका छन् । उनले ‘संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ, संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ, अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ।’ भनेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै भन्छन्, ‘हामीले निरन्तर भनिरह्यौँः संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ, संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ, अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ।
आज १ जना स्थानीयमा संक्रमण भेटिएको छ।
सरकार ! अब त चेतौं। परीक्षणको दायरा फराकिलो बनाऔँ, परीक्षणको गति र संख्या बढाऔँ।’