राजनीति

माहामारीमा भ्रष्टाचार गर्ने मन्त्री/कर्मचारी/ब्यापारी सबैलाइ कारबाही हुनुपर्छः अध्यक्ष बस्नेत

काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले महामारीको बेला जनतालाई राहत र सहास दिदै जिम्मेवार बन्नु पर्ने सरकार अनियमितता र कमिसनमा जस्ता घृणित कार्यको वरिपरि घुमिरहेको बताएको छ। दलका अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै अनियमितता भयो भनिएको स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध गरेर मात्र उन्मुक्ति नपाउने जनाएका छन् ।

बिज्ञप्तीमा भनिएको छ, ‘भ्रष्टाचार प्रक्रियामा संलग्न मन्त्री कर्मचारी र ब्यापारी लगाएत सबैलाइ कारबाहीको दायरामा ल्याउनु पर्छ भन्ने जोडदार माग गर्दर्छौं ।’ अध्यक्ष बस्नेतले ‘अनलाइन सञ्चारमाध्यमको सामाग्रीमा असंवैधानिक ढंगबाट गरिएको नियन्त्रण र पत्रकार महासंघका महासचिव रमेश बिष्ट लाई दिइयको धम्कि आपराधिक कार्य हो । लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई आत्मसात गर्ने नेपाल तरुण दल र अन्य लोकतान्त्रिक शक्तिलाइ यस्ता घृणित कार्य सह्य हुदैन ।’ भनेका छन् ।

अध्यक्ष बस्नेतले बिज्ञप्तीमा भन्छन्ः महामारीको बेला जनतालाई राहत र सहास दिदै जिम्मेवार बन्नु पर्ने सरकार अनियमितता र कमिसनमा जस्ता घृणित कार्यको वरिपरि घुमिरहेको छ। यसै अन्तर्गत अनियमितता भयो भनिएको स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध गरेर मात्र उन्मुक्ति पाइदैन । सो प्रक्रियामा संलग्न मन्त्री कर्मचारी र ब्यापारी लगाएत सबैलाइ कारबाहीको दायरामा ल्याउनु पर्छ भन्ने जोडदार माग गर्दछु । साथै सोही खरिद प्रक्रियाका बिषयमा समाचार प्रकासित गर्ने काठमाडौं प्रेस नामक अनलाइन सञ्चारमाध्यमको सामाग्रीमा असंवैधानिक ढंगबाट गरिएको नियन्त्रण र पत्रकार महासंघका महासचिव रमेश बिष्ट लाई दिइयको धम्कि आपराधिक कार्य हो । लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई आत्मसात गर्ने नेपाल तरुण दल र अन्य लोकतान्त्रिक शक्तिलाइ यस्ता घृणित कार्य सह्य हुदैन ।
जय नेपाल जय तरुण…